पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई आठ दिन हिरासतमा राख्न अनुमति
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
845
Shares
तस्बिर – गृहमन्त्री लामिछाने र दीपेश पुन ।
रुपन्देही । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ।
अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रबार काठमाडौँबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो।
जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीस्थित सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन् ।
उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो।