arrow

प्रतिनिधि सभामा शोक प्रस्ताव पारित, अर्को बैठक सोमबार बिहान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
parliament-80-12-04.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् । 

बैठकमा स्वर्गीय अन्सारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । अन्सारीको ६० वर्षको उमेरमा आइतबार बिहान उपचारका क्रममा निधन भएको हो । 

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधि सभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित अन्सारीले विसं २०४६ को जनआन्दोलनबाट राजनीतिक यात्रा शुरुआत गरेकी थिइन् । 

उनको निधनप्रति बैठकले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ