arrow

सुन प्रकरणको लहरो

माओवादी नेता पक्रनु भन्दा प्रहरीमा सेटिङ मिलाउँदै गृहमन्त्री लामिछाने, डीएसपी कुँवरमाथि रिस फेर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
ravi-lamichhane-home-minist.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनको अवैध पैठारी तस्करीबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले एआईजीसहित केही प्रहरी कर्मचारीलाई अनुसन्धानमा त्रुटि गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गर्यो । 

एआईजी किरण बज्राचार्यसहित एसपी सञ्जय थापा, डीएसपी दुर्गा दाहाललाई विभागीय कारबाहीको सिफारिस गरेको थियो । अर्का एक डीएसपी रुगम कुँवरलाई पनि त्यही मेसोमा विभागीय कारबाहीको सिफारिस गरेको भनेर हल्ला गरियो । 

जबकि रुगम कुँवर सुन अनुसन्धानमा संलग्न रहेका थिएनन् । उनलाई किन विभागीय कारबाहीको सिफारिस गरेको हल्ला गरियो भन्ने अझै खुलेको छैन । 

कुँवरसँग व्यापारी जीवन चलाउने जोडिएको र उनलाई फोन गरेको भन्ने आधारमा मात्रै विभागीय कारबाहीको सिफारिस गरिएको भन्ने हल्ला भएको गृहमन्त्रालयका अधिकारीको दाबी छ । 

यद्यपि सुन आयोगमा रहेका अधिकारीहरुले रुगम कुँवरको बारेमा केही बताएका छैनन् । मन्त्रालय स्रोतका अनुसार कुँवरलाई कारबाहीकै सिफारिस भने गरिएको थिएन । 

‘उहाँलाई आवश्यक सोधपुछ मात्रै गर्ने भनिएको थियो, विभागीय कारबाहीको सिफारिस छैन’, स्रोतले भन्यो ।

गृहमन्त्री रवि लामछिानेले सुन तस्करीसम्बन्धी प्रतिवेदन सरकारले कार्यान्वयन गर्न लागेको भन्दै शुरुमा मन्त्रालयबाटै चर्चा चलाएका थिए । 

पछि मन्त्रिपरिषद्बाट पनि सोही निर्णय भयो । गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा पुनः सुन तस्करीको अनुसन्धान गर्ने जनाएका छन् । 

यद्यपि सो प्रतिवेदनले प्रहरी कर्मचारीको भन्दा पनि माओवादीका धेरैजसो नेताहरु जोडिएको विषयलाई उल्लेख गरेको छ । गृहमन्त्री लामिछाने भने आफ्नो स्वार्थ अनुकूल प्रहरी कर्मचारीलाई दोष लगाउने र उनीहरुलाई  कार्यरत क्षेत्रबाट हटाउने काममा लागेका छन् ।

पहिलो कुरा त उनले रुगम कुँवरलाई सीआईबीबाट किन सरुवा गरे भन्ने बारेमा केही पुराना घटनाक्रमलाई हेर्नुपर्ने हुन्छ । 

२०७६ साउन ३० गते प्रहरीले तत्कालीन न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको थियो । उनीहरुलाई न्यूज २४ को कार्यालयबाट पक्राउ गरिएपछि चितवन पुर्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौँ प्रहरी परिसरको टोलीले पक्राउ गरिएको भनिए पनि त्यतिबेलाको अपराध महाशाखाले लामिछानेलाई पक्राउ गरेको थियो । 

पक्राउ गर्ने कमाण्डर थिए उनै रुगम कुँवर । उनलाई तत्कालीन महाशाखाका प्रमुख सहकुल थापाले पठाएका थिए । संयोगले सुन आयोगको एक जना सदस्य पनि उनै थापा थिए ।  

त्यतिबेला उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो । 

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी शालिकराम पुडासैनीले मृत्युपूर्व बोलेको सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको थियो । 

२०७६ साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । 

आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । 

पुडासैनीको सोही भिडियो बयानका आधारमा न्यूज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई पक्राउ गर्ने उनै डीएसपी कुँवर हुन् । 

त्यतिबेला लामिछाने, कँडेल र नर्स अस्मिता कार्कीलाई आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ गरेको थियो । डीएसपी कुँवर सरुवा हुनुलाई पुरानो घटनाक्रमको प्रतिशोध हो कि भन्ने धारणा प्रहरीभित्र उत्पन्न भएको छ । 

कुँवरले ललिता निवास जग्गा र दुर्गा दाहालले सुन तस्करीको अनुसन्धानको कमाण्ड सम्हालेका थिए । 

दाहाल प्रतिवेदनबाटै पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा सुन तस्करीको साँठगाँठमा रहेको खुलेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ