arrow

होटल होलिडेमा झुन्डिएको अवस्थामा भेटिए हितेन्द्र र प्रियंका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
nepal-police-logo.jpg

काठमाडौँ । जनकपुरधामस्थित एक होटलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । रामानन्दचौकमा रहेको होटल होलिडे एन्ड गेष्ट हाउसमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको हो । 

होटलको कोठा भित्र चुकुल लागेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरी लोहारपट्टी नगरपालिका ४ खुट्टाकी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

 मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवै जना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले भने । कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको देखिएको थियो । 

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवै जना चार दिनदेखि होटलमा थिए । मृतक पुरुषका चार र महिलाको १ सन्तान छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ