arrow

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सुन तस्करी र सहकारी ठगी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
Nanda-Kishor-pun-and-son-dipesh-pun.jpg
तस्बिर – पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दिपेश।

काठमाडौँ । नेपाल प्रहरीले अवैध सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई पक्राउ गरेको छ । शुक्रबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।  

सुन तस्करी प्रकरणमा दिपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई यसअघि सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपतिसमेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ