arrow

सुन तस्करी प्रकरणका फरार जीवन चलाउनेको बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
jeevan-chalaune-gold.jpg

काठमाडौँ । अवैध सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा चार घण्टा बयान दिएको बताएको पाइएको छ ।

सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगमा उनले सीआईबीलाई चार घण्टा बयान दिएको बताएको पाइएको हो । तर सीआईबीले भने चलाउनेलाई फेला पार्न नसकेको दाबी गर्दै उनलाई फरार उल्लेख गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेश गरेको थियो ।

चलाउनेले पूर्व प्रहरी महानिरीक्षक एवं एमाले नेता सर्वेन्द्र खनाल नै चलाउनेसँग जोडिएको पाइएपछि सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले नै चलाउनेको बयान च्यातेर फरार सूचीमा राखिएको स्रोतको दाबी छ । 

फरारै रहेको अवस्थामा चलाउनेले पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोग समक्ष बयान दिँदै सीआईबीमा चार घण्टा बयान दिएको बताएका थिए । 

चलाउनेले फरार अवस्थामा ईमेलमार्फत समक्ष बयान दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ