arrow

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
nandabahadur-pun-jeevan-gur.jpg
तस्बिर – जीवनकुमार गुरुङ बायाँ, नन्दबहादुर पुन दायाँ ।

काठमाडौँ । सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङविरुद्ध काठमाडौँ  जिल्ला अदालत मुद्दा दायर भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी गरेको आरोपमा गुरुङ विरुद्ध शुक्रबार मुद्दा दायर भएको हो । उनीविरुद्ध १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिबाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएको हो । 

विमानस्थल भन्सार कार्यालयका अनुसार उक्त सुन तस्करी प्रकरणमा गुरुङसहित १० जनाविरुद्ध मुद्दा दायर भएको हो । यसअघि नौ जनाविरुद्ध मुद्दा दायर भएको थियो । 

हाल ७ जना पुपर्क्षका लागि थुनामा छन् भने २ जना फरार छन् ।

गुरुङसहित १० जना अभियुक्तलाई समान कसूरमा मुद्दा दायर गरिएको भन्सार विभागले गठन गरेको सुन तस्करी सम्बन्धी छानबिन समितिका संयोजक एवं भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिएका हुन् ।

उक्त प्रकरणमा मिन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ र रमेश देउला पुपर्क्षका लागि थुनामा छन् भने दनबहादुर गुरुङ र बिना गुरुङ फरार रहेका छन् । 

घले समूहले सन् २०१४ देखि नै सुन तस्करी गर्ने गरेको र पछिल्लो एक वर्षमा १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको छानबिनमा क्रममा खुलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ