arrow

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् गृहमन्त्रीज्यू - प्रदीप पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
pradeep-poudel-12-02.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बनाउन हुने थिएन भनेका छन् । । 

आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । 

नेता पौडेलले भने,' सम्माननीय प्रधानमन्त्रीले प्रश्न भएका मान्छेलाई गृहमन्त्री बनाउनु हुँदैन थियो । ३१ हजार सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्छ भन्ने माग छ । त्यस्तै अनुसन्धानमा परेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितको माग कसरी पुरा हुन्छ ?' 

पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरू उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरे । उनले भने,' अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरूको माग कसरी पूरा हुन्छ ? म प्रश्न गर्न चाहन्छु । पीडितहरूको विश्वास जित्न नसकेको सरकारले वित्तीय सङ्कटलाई कसरी समाधान गर्न सक्छ ? पीडितहरूले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ ? म आग्रह गर्न चाहन्छु मेरो मित्र माननीय गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’

उनले अहिलेका गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेसा अपनाएको भन्दै राजनीतिमा प्रश्न मात्र गर्न पाउनुपर्छ आफ्ना विरुद्ध प्रश्न उठाउन मिल्दैन निषेध गर्नुपर्छ भन्न मिल्दैन भने । उनले भने – ‘अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेसा अपनाउनु भएको थियो । उन प्रश्न गर्ने पेसाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ ।' 

उनले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानबिनको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्रीमाथि पनि प्रश्न उठाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ