arrow

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
special-court.jpg

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सहायक वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु सात हजार घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 उनले भने, “काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु सात हजार घुस÷रिसवत लिएको पुष्टि भएपछि मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।” पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ