arrow

प्रधानमन्त्रीले बुधबार विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्तिमार्फत यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभाको बैठकमा आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।

नयाँ गठबन्धनपछि विश्वासको मत
प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएपछि विश्वासको मत लिन लागेका हुन् । उनलाई अब एमालेसहितको गठबन्धनले सघाउने छ । सत्तामा अहिले माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा र नेकपा एस रहेका छन् । 

अन्य दलहरु सत्ता गठबन्धनमा नभए पनि समर्थन दिन्छन् कि दिन्नन् भन्ने चासो रहेको छ । यद्यपि सत्ता गठबन्धनसँग आरामदायी बहुमत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ