arrow

रहेनन् कांग्रेसबाट चुनाव जितेका कीर्तिपुर १ का वडाध्यक्ष महर्जन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
hiralal-maharjan-congress-k.jpg

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।

लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए ।

महर्जन विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाअध्यक्ष महर्जनको निधनमा बिहीबार कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दुःख व्यक्त गरेका छन् । 

उनको बिहीबारै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा कांग्रेसका नेता, कार्यकर्ता तथा वडावासीको सहभागीता थियो । 

उनका श्रीमती र दुई छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ