arrow

व्यवसाय साझेदार मन्त्री बनेको १२ घण्टा नबित्दै जीबी पक्राउ परेको अफबाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
ravi-gbrai.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) हालसम्म पक्राउ नपरेको नेपाल प्रहरीले  जनाएको छ । बिहीबार बिहान एक टेलिभिजनले सामाजिक संजालमा राई सिंगापुरबाट पक्राउ परेको सार्वजनिक गरेको थियो । 

त्यसपछि सबैले प्रहरीलाई सम्पर्क गरिरहे । यता टेलिजिभनले उक्त स्टाटस हटाएर फेरि राई मलेसियाबाट पक्राउ परेको भनेर राख्यो । दबाबमा परेको प्रहरीले पनि सामाजिक सञ्जालमार्फत नै राई पक्राउ नपरेको जानकारी गरायो । 

प्रहरीका महानिरिक्षक बसन्त कुँवरले पनि राई हालसम्म पक्राउ नपरेको बताएका छन् । राई मलेसियामा रहेको बताइएको छ । प्रहरीले भने इन्टरपोलमार्फत खोजी गरेको जनाइएको छ । 

राई बुधबारमात्रै गृहमन्त्रालय सम्हालेका मन्त्री रवि लामिछानेका व्यवसायी साझेदार हुन् । व्यापारिक साझेदार गृहमन्त्री बनेपछि कतै जीबी राई पनि फुत्त बाहिर निस्कन्छन् कि भन्ने अनुमान गरेका आम नागरिकले साझेदार मन्त्री बनेको १२ घण्टामै पक्राउ परेको खबर झन् सनसनीपूर्ण थियो । 

त्यसैले पनि प्रहरी स्पष्ट जानकारी दिँदादिँदै हैरान भएको हो । 

राहदानी प्रकरण किनारा नलाग्दै रवि सहकारी ठगी प्रकरणमा जोडिएका थिए । देशभरिका आधा दर्जन सहकारी ठगी गरेर फरार जीबीको व्यापारिक साझेदारको रूपमा लामिछाने देखिन्छन् । 

राईले ग्यालेक्सी फोरके टेलिभिजन खोल्दा लामिछाने उनका पार्टनर थिए। सहकारीको बचत टीभीमा लगानी गरेर सर्वसाधारण ठगेको आरोपमा राई जति मुछिएका छन्, त्यसको केही प्रतिशतको भागी लामिछाने हुन् ।

यस बीचमा जीबी र रविमाथि प्रहरीले अनुसन्धान गरिरहेकै थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसमेतले छानबिन गरिरहेकै थियो।

जीबी सहकारी ठगी प्रकरणमा जोडिएपछि फरार रहेकै अवस्थामा प्रहरीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। 

सहकारीका बचतकर्ताको रकम ग्यालेक्सी फोरके टिभीमा लगानी गरेको र त्यसमा लामिछानेसमेत पार्टनर भएका कारण प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो ।

जसरी बिहीबार बिहान अफबाह फैलियो त्यसरी नै अब जीबी पक्राउ नपर्लान् भन्न सकिन्न । यद्यपि प्रहरीले जीबीलाई भेट्टाउन सकेन भने पनि आश्चर्य नमाने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ