arrow

मामाघरमा बस्दै आएकी किशोरीको शव फेला, हत्याको आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
map_morang_hamrakura.jpg.jpeg

मोरङ ।  मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा  एक किशोरीको शव फेला परेको  छ । 

खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ ।  

स्थानीयवासीका अनुसार शनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन् ।

 गए राति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । 

राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए । 

घटनालगत्तै  विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । घटना घटेको केही समयमै घटनास्थललाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए । 

प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ