कपिलबस्तु । सिहोखोर गाबिसलाई २५ औं खुल्ला दिशामुक्त गाविस क्षेत्र घोषणा गरिएको छ । गाबिसमा रहेका सबै घरधुरिमा शौचालय निर्माण गरिएपछि सिहोखोरलाई एक समारोहकाबीच जिल्लाको २५ औं गाविसका रुपमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
साबुन पानीले हात धोएर कार्यक्रमको उद्घाटन गदै सांसद तथा पूर्व कानुन मन्त्रि बृजेश कुमार गुप्ताले गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरे । सांसद गुप्ताले सबै मिलेर जिल्लालाई सन २०१६ भित्रै खुला दिशामुक्त क्षेत्र बनाउनुपर्ने बताए । त्यसका लागि आफ्नो आनिबानीमा परिवर्तन ल्याई शौचालयभित्रै शौच गर्न उनले सबैलाई आग्रह समेत गरे ।
साथै गुप्ताले विकासको पहिलो खुड्किलो सरसफाईमा सबै मिलेर लाग्नु पर्ने बताए । जिल्लालाई तोकिएको सयममा नै खुला दिशामुक्त बनाउन सबैको साझा प्रयास आवश्यक रहेको उनले बताए । सो अवसरमा गाबिस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाबिस सचिव जगत नरायाण दूबेले गाबिसमा रहेका ७ सय ९६ घरधुरीमा शौचालय निर्माण भएको प्रतिबेदन पेश गरेका थिए ।
जिल्ला स्तरीय खानेपानी स्वच्छता सरसफाई समन्वय समितिको तर्फबाट निमित्त स्थानीय बिकास अधिकारी राम चन्द्र ढकालले गाबिसलाई खुला दिशामुक्त क्षेत्र घोषण गरे बापत प्रमाण पत्र र ३ लाखको चेक प्रदान गरेका थिए । सो अवसरमा खुल्ला दिशामुक्त बनाउने अभियानमा योगदान दिएका गाबिसका ४ दर्जन अगुवाहरुलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख कैलाश नायक , निमित्त स्थानीय विकास अधिकारी रामचन्द्र ढकाल , वास फोकल पर्सन निरन्जन पौडैल , युवा नेता दिपक पाण्डेय लगायतले सरसफाईबारे बोलेका थिए ।