arrow

भेटघाट गर्ने बहानामा सीटीईभीटीका उपाध्यक्षलाई मोसो दल्ने डीबी र नवराज १५ दिनपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
khagendra-kalo-moso.jpg

भक्तपुर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै आएर मोसो दलेर फरार भएका दुईजनालाई प्रहरीले १५ दिनपछि आइतबार पक्राउ गरेको छ । 

प्रहरीले अछामको कमलबजार नगरपालिका-६ घर भई काठमाडौँ कलङ्की बस्ने ३० वर्षीय डिबी भन्ने डम्बरबहादुर शाही र दार्चुलाको मार्मा गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ३० वर्षीय नवराज भट्टलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार अखिल क्रान्तिकारी आबद्ध उनीहरुले गत फागुन ६ गते भेटघाट गर्ने बहानामा सीटीईभीटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा पसेर मोसो दलेका थिए । फरार रहेका उनीहरुलाई मध्यपुरथिमि‐३ गठ्ठाघरबाट पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ