arrow

शालिन पोखरेलको अनुसन्धानमा ट्विस्टः बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
shalin-pokharel-killed-rape.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी ८ कक्षामा अध्ययनरत १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ ।

पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौँको टिचिङ अस्पतालमा गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका १२ माधवपुर मामाघरमा रही एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने शालिन मृत फेला परेकी थिइन् । बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् । आफन्तले ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अहिले सामाजिक सञ्जालमा शालिनको मृत्यु प्रकरणले तातेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन्। शालिन रत्ननगर १० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन् । उनी १० वर्षदेखि मावली घरमा हजुरआमासँग बस्दै आएकी थिइन् ।

उनका बुबा–आमाले डिभोर्स गरेपछि उनी एक्लिएकी थिइन् । उनका बुबा काठमाडौँको बसुन्धरामा कान्छी श्रीमतीका साथ बस्दै आएका छन् । आमा भने पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमा बस्दै आएकी छिन्।

पोष्टर्माटम र मृत शरीरको फरेन्सिक जाँच परीक्षणको रिपोर्टअनुसार घटनाले नयाँ मोड लिएको छ । यद्यपि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ