arrow

शिव शर्माको नेतृत्वमा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
book-stationary-association.jpg

काठमाडौँ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । राजधानीमा आयोजित ७ औँ महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयी भएका हुन् ।  

यसैगरी विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् । 

यस्तै महासचिवमा विष्णुप्रसाद पौडेल, उपमहासचिवमा अर्जुनकुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् । 

राजधानीमा दुई दिनसम्म चलेको महाधिवेशनले लेखा समिति संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिति चयन गरेको हो ।  

नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाई बढाउँदै व्यवसायीका समस्या समाधानमा प्रयास रहने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ