arrow

संविधान संशोधन जरुरी- पूर्वराष्ट्रपति यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
rambaran-yadhav.jpg

मोरङ। पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिएका छन् । 

उनले वर्तमान संविधान जारी गर्न स्व सुशील कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे । 

“वर्तमान संविधान जारी हुनुमा निष्ठावान र इमान्दार राजनीतिज्ञ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भूमिका महत्तवपूर्ण छ । उहाँ अनुशासित एवं तपस्वी नेता हुनुहुन्थ्यो”, पूर्वराष्ट्रपति यादवले भने “समयसापेक्ष संविधान संशोधन जरुरी हुदै गएको छ ।”

त्यस अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने भन्दै त्यसको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको धारणा राखे। 

उनले तत्कालीन समयमा धेरैले वर्तमान संविधान जारी गर्नबाट रोक्ने प्रयास गरेको उल्लेख गर्र्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सफल नेतृत्वकै कारण संविधान जारी भएको बताए । 

राजनीतिक विश्लेषक प्रा कृष्ण हाछेथुुले स्व कोइराला दूरदर्शी नेता भएकाले संविधान जारी हुनसकेको बताए । उनले संविधानलाई गतिशील बनाउन समयसापेक्ष संशोधन पनि जरुरी भएको उल्लेख गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ