arrow

बस्दै संसदका दुवै सदन, यस्तो छ सम्भावित कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । आज संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् ।

त्यस्तै परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन् भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् । 

अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मुल्याङकन बिधेयेक २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

साथै सो विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तो छ राष्ट्रिय सभाको सम्भावित कार्यसूची
राष्ट्रिय सभा बैठक पनि आजै बस्दैछ । बैठक मध्यान्ह १२ः०९ बजे बस्ने समय तालिका छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फवाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्नेछिन् । 

दिगो ब्यवस्थापन तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नेछन् । 

विधायन ब्यवस्थापन समितिका सभापति जयन्तीदेवी राइले ‘खाध्ध अधिकार तथा खाध सम्प्रुभता समबन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिबेदन २१०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ । 

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्दन सबन्धी केही ऐनलाइ संशोधन गर्न बनेको विधेयक २०७९’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् र उनले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

साथै राष्टिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा (दोस्रो संशोधन नियमावली) २०८० माथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने लगत्तै ‘पारित गरियोस्’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ