arrow

बेपत्ता व्यक्तिको खोजी गर्न सेती नदी बाँध खोलिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
Seti Nadi.jpg
फाइल तस्बिर

पोखरा । सेती नदीमा माछा मार्नेक्रममा फागुन १३ गते रातिदेखि बेपत्ता भएका पोखरा महागरपालिका वडा नं १ सिम्पानीका मानबहादुर लामा तामाङ अझै सम्पर्कविहीन छन् ।

तामाङको प्रहरी र सशस्त्रसहित गोताखोरको टोलीले लगातार खोजी गरिरहे पनि हालसम्म पत्ता लाग्न नसकेको हो ।

उनको खोजीका लागि आज सेती नदीको बाँध नै खोल्न लागिएको छ । आज बिहान ८ बजे बाँध खोलिने र १२ बजेसम्म जारी रहने प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले बुधबार सूचना प्रकाशित गरेर बाँध खोल्न लागिएकाले सेती नदी आसपास नजान आग्रह गरेको छ ।

प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन पनि आग्रह गरेको छ ।

मानबहादुरसगै बेपत्ता भएका मंगा तामाको शव भने सोही दिन राति भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ