arrow

फिर्केखोलामा महानगरको डोजर, अवैध संरचना भत्काउन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
pirkekhola-dozer.jpg

काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आइतबार बिहानदेखि डोजर परिचालन गरेको छ। 

फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो।

महानगरपालिकाले २०८० साउनमा फिर्केखोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो। 

सो अध्ययनका क्रममा ८ किलोमिटर लामो यस खोलाको बहाव क्षेत्र र मापदण्डभित्र १६० भन्दा बढी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो। महानगरको प्रतिवेदन अनुसार ती संरचनाहरूमध्ये ९७ वटा व्यक्तिगत अस्थायी घरहरू छन् भने बाँकी स्थायी संरचना रहेका छन्।

अतिक्रमित संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाज घरहरू, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन र वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्रको भवन समेत पर्दछन्। 

महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै मापदण्डभित्रका संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन आह्वान गरेको थियो। सूचनाको अवज्ञा भएपछि महानगरले आइतवार बिहानैदेखि फिर्केखोलाका तीन फरक स्थानबाट डोजर चलाएर संरचना भत्काउन शुरु गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ