arrow

संसदमा किचलो

संसदमा भनाइमै आपत्ति जनाएर खनिए प्रतिपक्षहरु [लाइभ]

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने राप्रपाको अडान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरुले अवरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीबारको बैठकमा विपक्षका केही सांसदहरु बाहिर गएर बिहीबार राजनीतिक दल सम्बन्धी ऐन (दोस्रो संशोधन) विधेयक पेस हुन नसकेको भनी बताएपछि विपक्षी दलका सांसदहरुले संसद अवरुद्ध गरेका थिए । 

केसीले शुक्रबारको बैठकमा कांग्रेस महासमिति बैठकमा रहेकाले सोही अनुसार कांग्रेसका सांसदहरु आउन नसकेको अवस्था जनाउँदै कम्तीमा प्रतिपक्षका भएका सांसदहरुले आवश्यक ६९ सांसद भइदिएको भए पेश हुने उनले स्पष्ट पार्न खोजेका थिए । 

बिहीबारको बैठकमा ६५ सांसदमात्र रहेका थिए । संविधानको धारा ९४ मा कुनै पनि प्रस्तावमा निर्णय गर्न एक चौथाई सदस्यको उपस्थिति आवश्यक पर्छ । 

एक चौथाई हुन ६९ सांसद आवश्यक हुनेमा संंख्या यकिन गर्दा ६५ जना मात्र पाइएका थिए । 

शुक्रबारको बैठकमा भने प्रतिपक्षका सांसदहरु क्यालेन्डर पल्टाउन कांग्रेसका सांसदहरुलाई चेतावनी दिएका थिए । 

राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बालकुमारी घटनाका हत्याराहरुलाई नपक्रने हो र आज जवाफ दिन प्रधानमन्त्री वा गृहमन्त्री आएर जवाफ नदिएसम्म संसद अगाडि बढ्न नदिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ