arrow

इन्सपेक्टरको पेस्तोलबाट चल्यो गोली, एआइजीले दिए अनुसन्धान गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
nepal-police-logo.png

काठमाडौँ। काठमाडौँको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट आइतबार गोली चल्दा दुईजना घाइते भएका छन् । 

डिउटी सकेर हतियार बुझाउने क्रममा पेस्तोलबाट एक राउन्ड गोली चलेपछि गोली लागेर इन्सपेक्टर श्रेष्ठका अङ्गरक्षक घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

 अङ्गरक्षकको खुट्टामा गोली लागेको छ । उक्त घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । दुवैजनाको अवस्था खतरामुक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बताए । 

नियतवस घटना भएको नभई केही लापरबाही देखिएको उल्लेख गर्दै एआइजी थापाले घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिइसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ