arrow

कांग्रेस महासमितिमा हिन्दूराष्ट्रको बहसः भण्डारीको नेतृत्वमा महाअभियान [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
hindu-sanatan-congress-2080.jpg

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक शुरु हुनु दुई दिन अगाडि हिन्दूराष्ट्रको मुद्दा गहन रुपले उठ्ने लक्षण देखिएको छ । यसअघि यो मुद्दालाई उठाइए पनि नेतृत्वले नसुनेको सन्दर्भमा यसपालि भने मुद्दाले स्थान पाउने र हिन्दूराष्ट्रको अभियानलाई कांग्रेसले ग्रहण गर्नुपर्नेमा अभियन्ताहरुको विश्वास छ । 

शुक्रबारमात्रै पार्टीको केन्द्रीय समिति बैठकमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको मुद्दालाई पूरक प्रस्तावका रुपमा लिन आग्रह गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए । 

शनिबार भने कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताएका हुन् । अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्यभीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव रहेका छन् ।

यो महाअभियानले सोमबारदेखि शुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको अजेन्डा उठाउने तयारी गरेको छ। 

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई उपेक्षा गरिएको भन्दै यसपालि महासमिति बैठकमा हिन्दूराष्ट्रको अजेन्डा जोडतोडका साथ उठाइने नेताहरुले बताएका छन् । 

hundu-mahaabhiyan-congress (1).JPG
hundu-mahaabhiyan-congress (2).jpg
hundu-mahaabhiyan-congress (3).JPG
hundu-mahaabhiyan-congress (4).JPG
hundu-mahaabhiyan-congress (5).jpg
hundu-mahaabhiyan-congress (6).jpg
hundu-mahaabhiyan-congress (7).jpg
hundu-mahaabhiyan-congress (8).JPG
hundu-mahaabhiyan-congress (9).jpg
hundu-mahaabhiyan-congress (10).JPG
hundu-mahaabhiyan-congress (11).JPG
hundu-mahaabhiyan-congress (12).JPG
hundu-mahaabhiyan-congress (13).JPG
hundu-mahaabhiyan-congress (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ