arrow

लामो समय रोकिएको एसपीहरूको सरुवा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । लामो समयदेखि रोकिएको नेपाल प्रहरीको सरुवा मंगलबार राति खुलेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार राति २३ जिल्ला इन्चार्जसहित ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको हो । 

सरुवा अनुसार झापामा मिलन केसीलाई पठाइएको छ भने धादिङमा गौतम केसीलाई सरुवा गरिएको छ । सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई नयाँ जिम्मेवारी दिइएको छ । 

उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ । हिन्दू र मुस्लिमबीच तनाव भएपछि असोज २५ मा धिताललाई सर्लाहीमा पठाउने निर्णय गरिएको थियो । 

अहिले सर्लाहीमा दयानिधि ज्ञवालीलाई पठाउने निर्णय गरिएको छ । ज्ञवालाीले रुपन्देही सरुवा चाहेका थिए । नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा, पर्सामा कुमोध ढुंगेल, कैलालीमा पदम बहादुर विष्ट र काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ । 

सिन्धुलीमा विनोद शर्मालाई पठाइएको छ ।  चितवनमा भावेष रिमाल गएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रञ्जित सिंह राठौर र महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ । 

सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ