arrow

सूर्यदर्शनका सञ्चालक भट्टराई कारागार चलान, १४ अझै फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
pramod-bhattrai-kaskipolice.jpg

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई कारागार चलान भएका छन् ।

बिहीबार काठमाडौँमा पक्राउ परी पोखरा ल्याइएका भट्टराईलाई मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं. ५ घर भएका भट्टराई सहकारीको घोटला काण्ड बाहिरिएसँगै फरार भएका थिए ।

कास्की प्रहरीको आग्रहमा उनलाई बिहीबार पक्राउ गरी शुक्रबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।

सहकारीको ठगीकाण्डमा मुछिएकामध्ये पक्राउ पर्नेको संख्या भट्टराईसँगै पाँच पुगेको छ ।

यस प्रकरणमा जोडिएका सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल पनि पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख भन्दा बढी रकम हिनामिना भएको दावी गरिएको छ । सहकारीका पूर्व अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ