arrow

‘सर्टलिष्ट’ मा विवाद

त्रिविको उपकुलपति छनोटमा सरकारलाई समितिको ध्यानाकर्षण [भिडियो] 

छनोट प्रक्रियामा नै गलत गरेको भन्दै सांसदको आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
bhanubhakta-joshi-education.jpg

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको छनोटको ‘सर्टलिष्ट’ मा विवादित व्यक्तिहरु परेका भन्दै यस विषयमा ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार बसेको समितिको बैठकले उपकुलपति छनोटको सर्टलिष्टमा बौद्धिक चोरी, भ्रष्टाचार र सूचना लुकाएको आरोप लागेका व्यक्तिहरू परेका भन्दै उनीहरू उपर सिफारिस समितिले ध्यान दिनुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएको हो ।

समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रियामा समस्याहरू देखा परेको निष्कर्ष निकाल्दै यस विषयमा छलफल गर्न कुलपति रहनुभएका प्रधानमन्त्री र सहकुलपति रहनुभएका शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रीलाई छिटोभन्दा छिटो बैठकमा बोलाउने निर्णय पनि गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपतिले विश्वविद्यालयका विभिन्न रिक्त पदहरूमा कानून विपरीत नियुक्ति गरेको भन्दै सो उपर छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति भानुभक्त जोशीले भने–‘चाँडोभन्दा चाँडो विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति लगायतलाई बोलाएर हामी फेरी पनि छलफल गर्ने निर्णय गरौँ । दोस्रो, अहिले उपकुलपति छनोटको प्रक्रियामा जे समस्याहरू देखा परेका छन् । बौद्धिक चोरी, भ्रष्टाचार र सूचना लुकाएका आदि मुद्दाहरूमा जे कुराहरू सामाजिक सञ्जालदेखि लिएर सञ्चार माध्यममा जे कुरा आएको छ, ती व्यक्तिहरू नै अहिले सूचिकृतमा परेको भन्ने आएको हुनाले त्यसको बारेमा समितिले यी कुरामा विशेष ध्यान दिनका लागि मन्त्रालय र प्रधानमन्त्रीलाई यस कुरामा ध्यानाकर्षण गराऔँ । उपकुलपति छनोटको प्रक्रियामा केही सुझावहरू दिने कुरा गरौँ । विश्वविद्यालयमा जो नियुक्ति भएको छ, त्यो नियुक्ति भएको कुराहरूमा कार्यवाहकको हिसाबले र कुलपति प्रधानमन्त्रीज्युले पनि दिनुभएको निर्देशन विपरीत भएको हुनाले त्यसको बारेमा के भएको हो छानबिन गरी आवश्यक कारबाही गर्न निर्देश दिऊँ ।’

समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले उपकुलपति छनोट प्रक्रियामा नै गलत गरेको भन्दै सांसदहरूले आलोचना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ