arrow

दोलखाली अफिसर्स क्लब गठन, डीएसपी बुढाथोकी संयोजक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
dsp-shivaraj-budhathoki.jpg

काठमाडौँ । दोलखाली अफिसर्स क्लब गठन भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीको संयोजकत्वमा दोलखाली अफिसर्स क्लब गठन भएको हो ।

क्लबको उपसंयोजकमा सविता कार्की, सचिवमा प्रदीप खड्का, कोषाध्यक्षमा रसिक भण्डारी छन् । यस्तै शारदा भण्डारी, सुनीता ढुंगेल, छत्र कार्की, दिलकृष्ण श्रेष्ठ, देवराज काफ्ले, ज्योति दाहाल र सन्तोष श्रेष्ठ सदस्य छन् ।

भक्तपुरस्थित डोलेश्वर भिलेज रिसोर्टमा शनिबार वनभोजका क्रममा क्लब गठन भएको संयोजक बुढाथोकीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ