arrow

नेपालमा अवैध गतिविधि गरी भारत छिर्दै चिनियाँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
chinese-arrested.gif
तस्बिर – फाइल ।

काठमाडौँ । विगत केही वर्षदेखि नेपालमा चिनियाँहरुको उपस्थिति बाक्लो हुँदै गएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै भिसा शुल्क नलिने निर्णय गरेसँगै नेपालमा चिनियाँहरुको आवागमन बढ्दै गएको छ । 

चिनियाँहरुको आवागमन बढेसँगै नेपालमा आपराधिक घटनाहरुमा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ। यसरी नेपाल आउने चिनियाँ पर्यटकहरु भारतीय सीमा क्षेत्रमा पनि बढ्दो रहेको देखिएको छ ।

नेपालमा पछिल्लो समय बढ्दो आर्थिक अपराधका गतिविधिमा चिनियाँहरुको संलग्‍नता बढ्दो रुपमा देखिएको छ। नेपालमा आर्थिक अपराधका घटनामा मात्र नभएर पछिल्लो समय अपहरण र बन्धक बनाउने काममासमेत चिनियाँहरु संलग्‍न भएको पाइएको छ ।

फाटफुट रुपमा त नियमितजसो पक्राउ परेकै छन् तर ठूला आपराधिक क्रियाकलापमा चिनियाँहरुको ग्राइन्ड डिजाइन चल्दै आएको प्रहरी स्रोत बताउँछ । पछिल्लो समय ६० किलो सुन तस्करीमा विदेशी नागरिकमा चिनियाँ नै बढिरहेका थिए । 

साना ठूला जस्तासुकै तस्करीमा चिनियाँहरुको गिरोहले बढ्ता काम गरिरहेकोसमेत बुझ्न सकिन्छ । काठमाडौँ महानगरीय परिसरका अनुसार नेपालमा अपराधका घटनाहरु गरेर चिनियाँहरु खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ जाने गरेका छन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले गहिरिएर यसको अध्ययन गरिरहेको छ । 

प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले अवैध गतिविधि गर्ने छुट कुनै पनि मुलुकका नागरिकलाई नभएको भन्दै शंकास्पद गतिविधि देखिए कानून बमोजिम प्रकृया शुरु हुने बताए । 

त्यस्तै सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापा अवैध गतिविधिमा संलग्न कसैलाई पनि छुट नहुने बताउँछन् । उनले भने,‘अनुमति लिई नेपालको जुनसुकै भागमा कुनै पनि विदेशी नागरिकलाई घुमफिरमा रोक छैन तर अवैध गतिविधिमा संलग्न हुने छुट छैन । सशस्त्र प्रहरीको कार्य सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने हो, त्यसमा हाम्रो फौज सधै सजग छ, यसमा कमजोरी छैन ।’

डीएसपी थापा अगाडि भन्छन्,‘कानूनी रूपमा नेपाल आएकाहरूलाई कोही कसैले अवरोध गर्न मिल्दैन, साथै नेपालभित्र बसेर जुनसुकै मुलुकका नागरिकले पनि शंकास्पद गतिविधि गर्ने छुट नेपालको कानूनले दिएको छैन ।’ 

चिनियाँहरु आपराधिक गतिविधि गर्नमा सुरक्षा निकायलाई छल्न धेरैजसो काण्डमा सफल नै हुँदै आएका छन् । त्यसैले पनि प्रहरीले यकिन गरेर चिनियाँबारे भन्न सकिरहेको हुँदैन । 

अपराधमा संलग्न चिनियाँ नागरिकले उच्च तहको प्रविधिको प्रयोग गर्ने, चिनियाँ नागरिक पक्राउ परे दुतावाससहित शक्तिशाली निकायबाट छाड्न दबाब आउने गर्दा समस्या बढेको छ। यसरी नेपालको भारतीय सीमा क्षेत्रमा चिनियाँहरुको उपस्थिति बढ्दा सुरक्षा चुनौती पनि थपिएको छ।

२०७६ पुस महिनामा प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न रहेको भन्दै काठमाडौँका विभिन्न स्थानमा छापा मारी एक सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो। विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको त्यो नै सबैभन्दा ठूलो अपरेशन हो। 

२०७६ मंसिर १२ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

२०७६ भदौ १५ बैंकका एटीएम पिन ह्याक गरी रकम चोर्दै गर्दा प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट पुनः अर्का एक जना चिनियाँ नागरिक समातिएका थिए ।

 २०७६ साउन २० गते पनि हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रुपमा ल्याइएको चार किलो सुनसहित पक्राउ परे।

२०७६ भदौ ८ गते जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ चिनियाँ नागरिक पक्राउ परे। टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ चिनियाँ नागरिक काठमाडौँमा पक्राउ परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ