arrow

नेपाली रुस—युक्रेन सेनामा

'अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भए पनि त्यहाँबाट नेपाली फिर्ता ल्याऔँ '

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
russia-drones-.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरूका लागि सरकारले अभिभावकत्व लिन नसकेको बताइएकी छन् ।

बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भई युक्रेन र रसियाका सेनामा भर्ती भएको बताइन् । 

उनले रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने तथ्याङ्क समेत सरकारसँग नहुनु लाजमर्दो भएको बताइन् । उनले सरकारको आवाज नसुनेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भए पनि नेपालीलाई स्वदेश फर्काउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘राहतको लागि पर्खिरहेको नेपाली, रुँदै गरेको नेपाली, रुस र युक्रेनको युद्धमा छन् । त्यहाँ अहिले पनि यो देशको विडम्बना मान्नुपर्छ । प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भएर युक्रेन र रसियाको दुवैको पक्षबाट सेनामा गएका छन् । त्यहाँ सेनामा भर्ती हुनु भनेको नेपालीले नेपालीलाई मार्नका लागि तयार भएर जानु हो । किनभने दुई पक्षीय नै हानाहान भइरहेको छ । त्यहाँबाट भागेर आउनुभएका एक नेपालीले १५ हजार करिब नेपाली रुसी सेनामा भर्ती हुनुभएको छ भन्नुहुन्छ । रुस सेनाले आफ्नो देशको भन्दा बाहिरको नागरिकहरू सेनामा आएका छन् भने तथ्याङ्क त पक्कै राखेको होला । कति नेपाली छन् । हामीले त्यति तथ्याङ्क पनि लिन सकिरहेका छैनौँ । राहत उद्धार त परको कुरा हो । नेपाली रुँदै कराउँदै फर्काउन भनिरहेका छन् । हामी फर्काउन र उनीहरू फर्किन चाहन्छन् भने रेस्पोन्स नै नगर्ने नि हुन्छ ? हामी के गर्न बसेका त ? हाम्रो आवाज सुनिएन भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भए पनि त्यहाँबाट नेपाली फिर्ता ल्याऔँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ