प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
794
Shares
काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ ।प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ ।
बैठकमा दलका नेताहरूले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
त्यस्तै बिहान ११ बजेर १ मिनेटमा शुरु हुने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली मस्यौदामाथि सामान्य छलफल, संशोधनका लागि ७२ घण्टाको सूचना, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० अध्यादेश स्वीकृत, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०” सम्बन्धी प्रतिवेदन पेश हुनेछ ।