arrow

क्रोएसिया पठाइदिन्छु भन्दै १४ लाख ठगी गरेको आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
nepal-police12.jpg

काठमाडौँ। वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ । 

अभियुक्त प्रजापतिले सात जनालाई वैदेशिक रोजगारीमा क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले निजलाई कौशलटारबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ