arrow

ठमेलमा चिनियाँ पर्यटक मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
thamel-at-night.jpeg

काठमाडौँ। काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । 

मृत्यु हुनेमा चिनिँया नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए । 

निजलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । 

शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइको ढुङ्गेलले जानकारी दिए । 

घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ