arrow

चार करोड जरिवाना तोकिएकी मन्दिरा नौ वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
nepal-police12.jpg

काठमाडौँ।  नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैङ्किङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर भएकी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीय मन्दिरा केसी कार्कीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले भक्तपुरको साबिक चाँगुनारायण गाविस–७ र ९ मा रहेका जग्गाको धितो राखेर ऋण निकालेर लगानीको दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिए । 

“मन्दिराले आफू सञ्चालक रहेको घराना डेभलपर्स प्रालिको नाममा ऋण बनाएर लगानी नगरी रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने ।

मुद्दामा साबिक पुनरावेदन अदालत पाटनको २०७१ साल वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र रु चार करोड जरिवाना हुने ठहर गरेको थियो । 

शनिबार काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ परेकी मन्दिरालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता अधिकारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ