arrow

व्यापारी अरुण चौधरी र अजितनारायण सिंह थापा पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
cib-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । 

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । सीआईबीले चौधरीलाई लाजिम्पाट क्षेत्रबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो । 

चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । 

उनीहरुलाई अहिले सीआईबी हिरासतमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ