बुहारी मारेको आरोपमा सासू पक्राउ, श्रीमान् र ससुरा फरार
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
582
Shares
तस्बिर – फाइल ।
सर्लाही । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो ।
पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ।
प्रहरीले मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान थालेको छ।
घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकव छ।
पूजादेवी मङ्गलबार बेलुका नै मृत अवस्थामा फेला परेकी थिइन् ।