arrow

समुदायमा कांग्रेस

मधेसमा एकसाथ ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ वडाहरु अभियान प्रारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
ajayababu-shiwakoti-2080-10.jpg

रौतहट । ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नेपाली कांग्रेसको महाअभियान, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका जिल्लाका सबै वडाहरुमा अभियान शुरु भएको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु रौतहटमा अजयबाबु शिवाकोटी, पर्सामा किरण यादव, बारामा अनिल रुंगटा, सर्लाहीमा गणेश लामा, महोत्तरीमा पदमनारायण चौधरी, धनुषामा राजीव ढुंगाना, सिराहामा अमृत अर्याल र  सप्तरीमा लक्ष्मी खतिवडा केन्द्रबाट पर्यवेक्षकको रुपमा खटिएका केन्द्रीय सदस्यहरुले जिम्मेवारी पाएका जिल्लाहरुमा मंगलबारैदेखि वडा स्तरीय कार्यक्रममा सहभागी भई विभिन्न कार्यक्रम गरेर शहीद दिवसको अवसरमा अभियानको प्रारम्भ गरिएको नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका हुन् । 

अभियानलाई मधेस कांग्रेस प्रतिनिधि खटाएको प्रदेश सदस्यहरु जिल्लाका सम्पूर्ण पदाधिकारीहरु, नगर सभापति, महासमितिका सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, पूर्व पदाधिकारी, संगठनका जिम्मेवार पदाधिकारीहरुलाई परिचालन गरी सबै वडामा प्रतिनिधिहरु खटेर कार्यक्रम चालु भइसकेको उनले भने । 
    
माघ १६ देखि २६ गतेसम्म जनताका अपेक्षा, सुझाव र गुनासाहरु सुन्ने गरी अभियान सञ्चालन गरिएको हुँदा अनिवार्य रुपमा पाएको जिम्मेवारीलाई पूर्ण रुपमा इमानदारी साथ निर्वाह गर्ने तथा उक्त कार्यको मनिटरिङका लागि नेताहरु खटिएका छन् । 
    
केन्द्रीय सदस्यहरुले मधेस प्रदेशका सबै वडाहरुमा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह तप्कासँगको विचार भावनालाई बुझ्ने एवं नागरिकको गुनासाहरु सुनेर टिपोर्टहरुलाई संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानको मूल मर्म रहेको उनले जानकारी दिए । 

वडामा रहेका पार्टी कार्यकर्ता, अन्तरपार्टीका साथीहरु, नागरिक समाज, किसान समूह, आमा समूह, वन उपभोक्ता समूह, शिक्षक, प्राध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भइरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरुसँग संवाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक अन्य सेवाहरु के–कस्ता पाउनुपर्ने हो त्यसबारे सटिक जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने र संगठन बलियो हुने केन्द्रीय कार्यालयको मान्यता रहेको हुँदा त्यसतर्फ आ–आफना दायित्वलाई निर्वाह गर्न केन्द्रीय निर्देशन मधेस प्रदेशमा अभियान शुरु भएर नागकिरका बीचमा पुग्दै गुनासाहरु सुन्ने काम जारी रहेको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।

यस्तै सो अभियान संचालनको लागि नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव र मधेस प्रदेश उपसभापति तथा मधेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका विरेन्द्रप्रसाद सिंहलाईसमेत खटाइएको छ ।
    

कांग्रेस मधेस प्रदेशमा रहेका ८ ओटै जिल्लाका सभापतिहरूको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेर सबै वडामा अभियान संचालन गर्ने निर्णय भइसकेको गुप्ताले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ