arrow

बुधबार प्रदेश सरकारलाई प्रहरीको संगठन संरचना हस्तान्तरणको निर्णय हुँदै

logo
विवेक मिश्र, 
प्रकाशित २०८० माघ १६ मंगलबार
kedar-karki-basanta-kunwar.jpeg

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी गराएका छन् ।

मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समायोजनको विषयमा जानकारी गराएका हुन् । मुख्यमन्त्री कार्कीले प्रहरी समायोजनमा भइरहेको विलम्बका कारणबारे जानकारी लिएका थिए ।

‘प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र आउँदो १७ गते प्रहरी संगठन संरचना हस्तान्तरण गर्ने तयारी छ’, उनले भने, ‘प्रहरी समायोजनको बाँकी काम प्रक्रियागत रूपमा हुने भएकाले तत्काल संगठन संरचना हस्तान्तरणको चयारी गरिएको हो ।’

संविधान प्रदत्त प्रदेशको शान्ति सुरक्षाको अधिकार प्रदेशले प्राप्त गरि संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘संघीय सरकारले प्रहरी समायोजन, कानुन निर्माणलगायतका प्रक्रिया पूरा गर्न ढिलाई गरेकाले संघीयताको पूर्ण कार्यान्वयन हुन नसकिरहेको अवस्थामा  संघीय सांसद तथा मन्त्रीहरूले नै प्रदेशले काम गर्न नसकेको भन्दै बिरोध जनाइरहेको छ’, उनले भने, ‘त्यसैले संविधान निर्माणका लागि संघीय सरकार र संसद इमानदारी पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ ।’

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईलगायत सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरूको काठमाडौँमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायोजनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएका थिए । 

यसअघि बागमती प्रदेशको हेटौँडामा सम्पन्न कोशीका मुख्यमन्त्री कार्कीलगायतका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको भेलाले तत्काल प्रहरी समायोजन लगायतका प्रक्रिया अघि बढाएर संविधान कार्यान्वयनका समन्वय र संघर्ष गर्ने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ