arrow

चिसोबाट बच्न आग्रह 

उपत्यकाको तापक्रममा केही सुधार, पूर्वमा कुहिरो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
kathmandu-weather-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पछिल्ला केही दिनदेखि निरन्तर काठमाडौँ उपत्यकाको चिसो बढ्दै गएकामा सोमबार भने आइतबारको तुलनामा केही सुधार देखिएको छ । आइतबार न्यूनतम तापक्रम २.१ डिग्री रहेकामा सोमबार बिहान ३ डिग्री रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आइतबारको तुलनामा सोमबार न्यूनतम तापक्रममा सुधार आएको छ । 

उपत्यकामा सोमबार बिहान आंशिक अवस्था देखिएको छ । भिजिबिलिटी कम छ । तर यो सुधार हुँदै जाने मौसमविद् अर्यालले बताए । 

त्यस्तै तराईमा शीतलहर चलेको छ । उनका अनुसार पश्चिममा केही सुधारको क्रम देखिएको छ भने पूर्वमा कुहिरोले ढाकेको छ । यो क्रम अझै केही दिन रहन सक्ने देखिएको छ । 

उपत्यकामा बिहीबार र शुक्रबार ३ डिग्री रहेकामा शनिबार झरेर २.५ डिग्री सेल्सियसमा पुगेको तापक्रम आइतबार २.१ डिग्रीमा झरेको थियो । तर सोमबार एक डिग्री भन्दा बढीको सुधार देखिएको हो । 

यता मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार चिसोको क्रम भने रोकिएको छैन । यद्यपि यसै भन्न नसकिने उनले बताइन् । 

सामान्यतया फागुनको पहिलो सातासम्म चिसो नै रहने छ । फागुन लागेपछि गर्मी बढ्दै जानेछ । 

अहिले घटेको तापक्रम यसअघिका वर्षहरुको भन्दा कम नभए पनि अहिलेका लागि चिसो बढेको मात्र हो । यस अर्थमा पनि अझै तीन साता बालबालिका र वृद्धवृद्धा, दमका रोगी लगायतले बच्नुपर्नेछ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका बेलामा वर्षा हुन नसक्दा चिसो झन् बढेको हो । घाम पनि हल्का लागेको छ । तराई क्षेत्रमा त घामसमेत देख्न पाइएको छैन । 

तराई भेगमा हुस्सु र कुहिरोका कारण हवाइ यात्रा कठिन भइरहेको छ । हिमाली केही क्षेत्रमा हिमपात भएको छ । 

महाशाखाका अनुसार अहिले चिसो पहिलेजस्तै भएको छैन । काठमाडौँमा सन् १९७९ जनवरी ११ तारिखमा माइनस ३.५ डिग्री सेल्सियस नै अहिलेसम्मको सबैभन्दा बढी चिसो हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ