arrow

उपत्यकामा शनिबार दुवै तापक्रम वर्षकै सबैभन्दा कम, चिसिँदै मुलुक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
fog-kathmandu.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गर्मी लाग्ने बेलामा मुलुक चिसोले कठ्याङ्ग्रिदै छ । बिहीबारदेखि बढेको चिसोले उपत्यका झन् शिथिल हुँदैछ । शनिबार यो वर्षकै सबैभन्दा चिसो भएको छ । 

न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार र शुक्रबार ३ डिग्री थियो । त्यस्तै अधिकतम तापक्रमसमेत शनिबार सबैभन्दा कम मापन भएको छ । अधिकतम तापक्रम १६.५ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका बेलामा वर्षा हुन नसक्दा चिसो झन् बढेको हो । घाम पनि लाग्न सकेको छैन । तराई क्षेत्रमा त घामसमेत देख्न पाइएको छैन । हिमाली केही क्षेत्रमा हिमपात भएको छ । 

शनिबार मुलुकभरमै चिसो बढेको पाइयो । जोमसोममा माइनस ५.५ डिग्री रहेको छ भने जुम्लामा माइनस ५.३ तथा जिरीमा माइनस २.१ डिग्री मापन गरिएको छ । दिपायल, वीरेन्द्रनगरमा ३ डिग्री भन्दा कम तापक्रम मापन गरिएको छ । 

त्यस्तै अधिकतम तापक्रम पनि घट्दो क्रममा छ । सबैभन्दा बढी शनिबार दिपायलमा २२.२ डिग्री रह्यो । जबकि दिपायलमै न्यूनतम तापक्रम २.४ डिग्री रहेको छ । 

पोखरामा न्यूनतम तापक्रम ६ डिग्री तथा अधिकतम तापक्रम १८.६ डिग्री रहेको छ । 

महाशाखाले अझै केही दिन तापक्रम घट्दो क्रममा रहेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ