arrow

राष्ट्रिय सभा सदस्य निर्वाचन

चार सदस्य पदका लागि बागमतीमा मतदान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
bagmati-election.jpg

काठमाडौँ ।  बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ । स्थानीय भुटनदेवी माविको भवनको (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदूर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थिए ।

बिहीवार बिहान ९ बजेदेखि वागमतीमा राष्ट्रिय सभामा चार सदस्य पदका लागि मतदान शुरु भएको हो ।

उक्त भवनमा मतदान केन्द्र (क) मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए । 

उक्त मतदान कार्यको लागि प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदानमा सहभागी हुने उनले जानकारी दिए ।

आजै दिउँसो ३ बजेको समयभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमतिअनुसार अपराह्नबाट मतगणना कार्यको लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । 

सो निर्वाचनको लागि सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । 

दुवै मतदान केन्द्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सुरक्षा प्रदान गरिरहेको र मतदाता प्रवेश गर्ने पश्चिम ढोका र मतदान कार्य सम्पन्न गरिसकेपछि उत्तरतर्फको मूल ढोकाबाट आवतजावत गर्ने सुविधा मिलाइएको मकवानपुरका प्रजिअ सूर्यप्रसाद  सेढाईंले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ