arrow

राष्ट्रिय सभा सदस्य निर्वाचन

दुई सदस्यका लागि मधेसमा मतदान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
madhesh-election.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी छ । बिहान ९ बजेबाट शुरु भएको  मतदान ३ बजेसम्म  जारी रहनेछ । 

महेन्द्र नारायण निधी संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम छन् । 

मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनमा अन्य समूहतर्फ नेपाली काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना, जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी छन् । 

त्यस्तै नेकपा (एमाले) बाट अन्यमा कुमारी विजेता झा (धनुषा) छन् । त्यस्तै जनमत पार्टीका राम शङ्कर महासेठ (धनुषा) ले पनि उम्मेदवारी दिएका छन् । 

महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र गठबन्धनमा जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ । 

प्रदेश सभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कुल मतभार १० हजार सात सय ४४ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ