arrow

राष्ट्रिय सभा निर्वाचन

मधेसमा दुई सदस्यका लागि पाँच उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
madesh-pradesh-province-2.jpg

जनकपुरधाम। राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० मा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि निर्वाचन हुदैछ । 

प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निमित्त प्रमुख नवीन चौधरीका अनुसार महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम गरिएका छन् । 

प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ । मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ । मतगणना महेन्द्र नारायण निधि संस्कृति केन्द्रमै गरिने प्रमुख चौधरीले बताए । 

मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा), नेकपा (एमाले) का कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा)ले उम्मेदारी दिएका छन् । 

महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ । 

मधेस प्रदेशसभा सदस्य एक सय सात र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ६७ गरी तीन सय ७४ मतदाता रहेका छन् । प्रदेशमा एक सय ३६ स्थानीय तह छन् । स्थानीय तहका पाँच पदाधिकारी भने निलम्वनमा परेका छन् । 

प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कूल मतभार १० हजार सात सय ४४ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ