arrow

रिहारमा बस दुर्घटना हुँदा दुईको मृत्यु

logo
नारायण वली,
प्रकाशित २०८० माघ ८ सोमबार
acci.jpg

लुम्बिनी । आइतवार बर्दियाबाट काठमाडौंका लागि छुटेको बस दाङको रिहारमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । बर्दियाको शान्तिवजारबाट काठमाडौँ जाँदै गरेको कृष्णसार यातायात प्रालीको प्रदेश-३-०१-००५ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका ९ मा दुर्घटना भएको प्रहरीले बताएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दिया गेरवा गाँउपालिका वडा न १ का ३६ वर्षीय भिमनाथ योगी र ठेगाना खुल्न बाँकी रहेका युवराज चौधरीको मुत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताएका छन् ।

प्रहरीका अनुसार बसको पट्टा भाँचिएर दुर्घटना भएको अनुमान गरे पनि खास कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान अघि बढाइएको छ । 

दुर्घटनामा चालकको अवस्था सामान्य रहेको जनाइएको छ भने बसमा सवार अन्य यात्रुहरु सकुशल रहेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ