राम मन्दिर प्राण प्रतिष्ठाका लागि कपिलवस्तुका आठ पालिकाले दिए सार्वजनिक बिदा
मणिप्रसाद गैह्रे,
प्रकाशित २०८० माघ ७ आइतबार
1.1k
Shares
तस्बिर – फाइल ।
कपिलवस्तु । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रमका अवसरमा कपिलवस्तुका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
अयोध्यामा सोमबार दिउँसो नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा कपिलवस्तुका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।
बिदा दिने पालिकाहरुमा कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, कृष्णानगर नगरपालिका, महाराजगंज नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिका हुन् ।