arrow

अन्त नभएका पुराना सामग्रीसमेत गोरखा दरबार सङ्ग्रहालयमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
gorkha-darbar-museum-2080-1.jpg

गोरखा । गोरखा बसपार्कबाट उकालो चढेपछि पहिला आउँछ रानीपोखरी । रानीपोखरीबाट ढुङ्गा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन । त्यसैको दक्षिणतर्फ छ तल्ले दरबार । 

नेपाल एकीकरण शुरु भएको र पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानको सङ्ग्रहालयले पनि उत्तिकै महत्व बोकेको छ। दरबार परिसरमै देखिने वास्तुकला तथा ऐतिहासिक एवं पुरातात्विक महत्वका सामग्रीहरू आफैँमा सङ्ग्रहालय जस्तो भए पनि संग्रहित गरिएका धेरै सामग्री तथा तस्बिरहरू सङ्ग्रहालयका अमूल्य निधि हुन् । 

सङ्ग्रहालयमा पृथ्वीनारायणलगायत अन्य राजाहरूसँग सम्बन्धित सामग्रीहरू संग्रहित छन् । गोरखा दरबार सङ्ग्रहालयमा राष्ट्रिय सङ्ग्रहालयमा समेत नभएका पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग गरेका सामग्रीहरू देख्न पाइन्छ। 

शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू सङ्ग्रहालयमा छन् । 

नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियारहरू संग्रहालयमा छन्। त्यहाँ पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्रीहरू पनि अवलोकन गर्न सकिन्छ। काष्ठकलाले भरिपूर्ण झ्याल, टुँडाल, कलात्मक बरन्डा संग्रहालयका आकर्षण हुन् । (नेपाल फोटो लाइब्रेरी)
 

gorkha-darbar-museum-2080-10-06 (1).jpg
gorkha-darbar-museum-2080-10-06 (2).jpg
gorkha-darbar-museum-2080-10-06 (3).jpg
gorkha-darbar-museum-2080-10-06 (4).jpg
gorkha-darbar-museum-2080-10-06 (5).jpg
gorkha-darbar-museum-2080-10-06 (6).jpg
gorkha-darbar-museum-2080-10-06 (7).jpg
gorkha-darbar-museum-2080-10-06 (8).jpg
gorkha-darbar-museum-2080-10-06 (9).jpg
gorkha-darbar-museum-2080-10-06 (10).jpg
gorkha-darbar-museum-2080-10-06 (11).jpg
gorkha-darbar-museum-2080-10-06 (12).jpg
gorkha-darbar-museum-2080-10-06 (13).jpg
gorkha-darbar-museum-2080-10-06 (14).jpg
gorkha-darbar-museum-2080-10-06 (15).jpg
gorkha-darbar-museum-2080-10-06 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ