arrow

प्रोस्टेटको उपचार गर्न अस्पताल जाँदै राजा चार्लस्  

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
charles-III-king-uk.jpg
तस्बिर – फाइल ।

लण्डन । बेलायतका राजा चार्लस् तृतीयले आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ । 

बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हरेक वर्ष हजारौँ पुरुषले सामना गर्ने प्रोस्टेटको समस्याजस्तै सामान्य अवस्थाको प्रोस्टेटको उपचारका लागि राजा चाल्र्स अर्को हप्ता अस्पताल जानुहुनेछ । अहिले राजा चार्लस्को अवस्था सामान्य र जोखिमरहित रहेको र उहाँले समस्या थप नहोस् भनी चिकित्सकीय सेवा लिनुहुनेछ ।” 

राजा चार्लस्को पूर्व निर्धारित सार्वजनिक कार्यक्रम उपचारका क्रममा केही समयको लागि स्थगित गरिनेछ ।

महारानी एलिजाबेथ द्वितीयाको निधनपछि गत वर्ष ७४ वर्षको उमेरमा राजा चार्लस्ले बेलायतको राजकीय बागडोर सम्हालेका थिए । 

बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार हरेक तीन जना बेलायती पुरुषमध्ये एक जनाभन्दा बढीले आफ्नो जीवनकालमा प्रोस्टेट बढ्ने समस्याको सामना गर्नुपर्ने हुन्छ र यो अवस्था सामान्यतया बुढ्यौलीसँग सम्बन्धित हुन्छ ।

एनएचएसले आफ्नो वेबसाइटमा भनेको छ, “उमेर बढ्दै जाँदा प्रोस्टेट किन ठूलो हुन्छ भन्ने थाहा छैन, तर यो क्यान्सरको कारण होइन र यसले प्रोस्टेट क्यान्सर हुने खतरा बढाउँदैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ