arrow

गौशाला–२६ को गोपनियता भङ्ग गरेको आरोपमा एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
nepal-police12.jpg

काठमाडौँ । गौशाला–२६ को व्यक्तिगत गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । 

गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने, “राईलाई बुधबारै सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको र बुधबारै काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” 

सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बीर सार्वजनिक गर्नेविरुद्ध कारबाहीको माग गर्दै गौशाला–२६ ले ब्यूरोमा उजुरी दिइएकी थिइन् । ब

लात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला–२६ पीडित भएकी युवती हुन् ।

 काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख तिर्नुपर्ने फैसला गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ