arrow

७२ जनाको ज्यान गएको स्थनमा स्मृति पार्क निर्माण गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
pokhara-yeti-air-crash-2023-2079-magh-01.jpg

गण्डकी । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झानामा पोखरा महानगरपालिकाले सोमबार स्मृतिसभा आयोजना गरेको छ ।

दिवङ्गत भएकाहरुको स्मृतिमा पोखरा महानगरपालिकाले दुर्घटनास्थलमा स्मृति स्तम्भ निर्माण गरेको छ । 

स्तम्भको सोमबारै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्तरूपमा अनावरण गरे । 

स्तम्भमा दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यसहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकको नाम लेखिएको छ । 

सो स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना छ । 

स्मृतिसभामा पोखरा महानगरपालिकाका नगरप्रमुख आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरे, महानगरपालिका वडा नं ७ का वडाध्यक्ष राममोहन आचार्यसहित जनप्रतिनिधिहरू र मृतकका आफन्तलगायतको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ