arrow

माघे सङ्क्रान्तिका दिन यस्तो रहनेछ मौसम

हिमाली भेगका हिमपात, पहाडमा वर्षा, तराईमा हुस्सु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ । आज माघे सङ्क्रान्तिका दिन हिमाली भेगका हिमपात, पहाडमा वर्षाको सम्भावना छ भने तराईमा हुस्सु लागेको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै हाल बङ्गलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । 

जसका कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
   
महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु -कुहिरो लागेको छ । 

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँक भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
   
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

आज काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव २ र अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ